मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२ रूपैयाँले बढ्याे

<p>काठमाडौं । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६४३.३३ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९७.६७ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि मंगलबार खुलेको पहिलो कारोबारमा संस्थाको सेयर मूल्यमा वृद्धि भइरहेको [&hellip;]</p>

काठमाडौं । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६४३.३३ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९७.६७ रुपैयाँ रहेको थियो ।

मूल्य समायोजन पछि मंगलबार खुलेको पहिलो कारोबारमा संस्थाको सेयर मूल्यमा वृद्धि भइरहेको छ । करिब एक बजेसम्म संस्थाको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले बढेर ६५६ रुपैयाँमा कारोबार भइरहेको छ । सो दिन प्रतिकित्ता ६४३ रुपैयाँदेखि संस्थाको सेयर कारोबार खुला भएको थियो ।

Share News