साेमबारको बजार ११ अंकले हैन, ३ अंकले मात्रै बढेको हो : नेप्से

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पुस मसान्तको दिन भएको कारोबारबाट देखिएको परिसूचकलाई समायोजन गरेको छ । अपर तामाकोशीको शेयरमूल्य ५० प्रतिशत वृद्धि भएर कारोबार भएपछि उच्च मूल्यमा बढेको देखिएको परिसूचकलाई सो मूल्य समायोजन गर्दा करिब ११७८.०३ विन्दु कायम भएको छ । सोमबार कारोबार बन्द हुँदा यो अंक करिब ११८६.८० अंक देखिएको थियो । सोमबार भएको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पुस मसान्तको दिन भएको कारोबारबाट देखिएको परिसूचकलाई समायोजन गरेको छ । अपर तामाकोशीको शेयरमूल्य ५० प्रतिशत वृद्धि भएर कारोबार भएपछि उच्च मूल्यमा बढेको देखिएको परिसूचकलाई सो मूल्य समायोजन गर्दा करिब ११७८.०३ विन्दु कायम भएको छ । सोमबार कारोबार बन्द हुँदा यो अंक करिब ११८६.८० अंक देखिएको थियो ।
सोमबार भएको कारोबारमा २३५ रुपैंयासम्मको कारोबारलाई मात्र मान्यता दिइएको छ । त्यसभन्दा बढी मूल्यमा भएको कारोबार रद्द गरिएको छ । अपर तामाकोशीको अघिल्लो दिनको क्लोजिङ मूल्य २३५ रुपैंया कायम गरिएको छ ।

Share News