लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सकियो, वैशाखदेखि सञ्चालन

<p>चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोद्वारा निर्माण भइरहेको  बन्दरगाह आगामी २०७६ वैशाख तेस्रो साता अर्थात सन् २०१९ मे १ मा चीन सरकारद्वारा नेपाललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्टर मोडेल यातायात [&hellip;]</p>

चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोद्वारा निर्माण भइरहेको  बन्दरगाह आगामी २०७६ वैशाख तेस्रो साता अर्थात सन् २०१९ मे १ मा चीन सरकारद्वारा नेपाललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्टर मोडेल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिए ।

सुख्खा बन्दरगाहको सम्पूर्ण भवन निर्माण कार्य, जमीन ढलान, रंगरोगन लगायतका काम सम्पन्न भइसकको छ । भोटेकोशी नदीमा निर्माण गरिने ११२ मिटर लामो पक्की पुलको दाँयाबायाँको पिलर तयार भई पुलमाथि फलाम राख्ने काम अन्तिमचरणमा पुगेकाले अबको ३८ दिनभित्र सकिने लक्ष्य रहेको त्यहाँ कार्यरत मिलना शेर्पाले जानकारी दिए ।

मितेरी पुलस्थित लिपिङमा रहेको साविक भन्सार कार्यलय भन्दा छ किलोमिटरयता रहेको सो बन्दरगाहा सुविधायुक्त अत्याधुनिक हुनेछ । ५०० रोपनी क्षेत्रफल ओगटेको बन्दरगाहामा १५८ वटा ठूलो कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ । त्यस्तै ६० देखि १०० मेट्रिकटन सामग्री एकै पटक तौलिनेयन्त्र बन्दरगाहमा राखिनेछ । बन्दरगाह परिसरमा भन्सार कार्यालय, पशु तथा कृषि क्वारेन्टाइन, गोदामघर, जाँचपास यार्ड, चेकपोष्ट, बैंक तथा कर्मचारी आवास गृह सहितको संरचना तयार भएको छ ।

सिआरसिसीले २०७५ वैशाख २० गते एक वर्षमा सक्ने गरी इन्टर मोडेल यातायात विकास समितिसँग दुई अर्ब ३५ करोडमा सम्झौता गरेको थियो । शुरुमा २०६९ पुसमा २६ महीनामा सक्ने गरी एक अर्ब २० करोड ६८ लाखमा निर्माण गर्ने गरी बेइजिङ रियल स्टेट ग्रुपले सम्झौता गरेको थियो । विसं २०७१ र ०७३ को बाढी तथा २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएपछि काम रोकिएको थियो । रासस

Share News