
काठमाडौँ । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट काठमाडौंको व्यापारिक केन्द्र कान्तिपथ, जमलमा थप सुविधासहितको यामाहाको ‘अपग्रेडेड’ सोरुम सुरु गरेको छ ।
एमएडब्लु इन्टरप्राइजेजले नयाँ डिलर सम्मान इन्टरप्राइजेजमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउने छन् ।
नयाँ सोरुमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गरेकी हुन् । उद्घाटनका क्रममा बोल्नुहुँदै एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अग्रवालले नयाँ सोरुम पहिलेभन्दा अझ बढी परिष्कृत, व्यवस्थित र ग्राहकमैत्री हुने बताइन् । ‘मलाई विश्वास छ, सम्मान इन्टरप्राइजेजले यामाहाप्रति ग्राहकको विश्वासलाई अझ बलियो बनाउनेछ र नयाँ उचाइमा पु¥याउनेछ ।’ उनले भनिन् ।
सम्मान इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सुरज मानन्धरले यामाहा ब्रान्डसँग विगत दुई दशकदेखि नजिक रहेको र अटुट विश्वासकै कारणले यो सम्भव भएको बताए ।
सम्मान इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने छन् ।
हाल स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ जसले युवा राइडरहरुलाई आकर्षित गरिरहेको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।