काठमाडौं । बुधबारको बजारमा दुई कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नागरिक लगानी कोष र अपर तामाकोशीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
लगानी कोषकोे २ करोड ३० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २७१७ रुपैयाँ रहेको छ । त्यस्तै, अपर तामाकोशीको एक करोड ३६ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४ रुपैयाँले घटेर प्रतिकित्ता २५६ रुपैयाँमा झरेको छ ।
बुधबारको बजारमा कुल १६८ कम्पनीको १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा बुधबारको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.४० अंकले घटेर ११६०.५९ अंकमा अडिएको छ ।
सो दिन कुल ११ वटा समूहहरु कारोबारमा आएका छन् । सो मध्ये ५ वटा समूह उकालो लागेका छन् भने बाँकी ६ वटा समूह ओरालो लागेका छन् । उत्पादनमूलक समूह सबैभन्दा बढी ६३ अंकले घटेको छ भने होटल समूह ५.६९ अंकले बढेको छ ।
बजारमा उन्नति माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.१४ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी सिटी एक्स्प्रेस फाइनान्स कम्पनीको सेयर मूल्य ७.५२ प्रतिशतले घटेको छ ।