काठमाडौं । सोमबारको सेयर बजार ८.८५ अंकले घटेको छ । कारोबार शुरु भएपछि एकैछिन उकालो परिसूचक त्यसपछिको कारोबारमा निरन्तर ओरालो लागेको थियो । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.७७ प्रतिशतले घटेर ११४४.२७ अंकमा झरेको छ ।
बजारमा १६२ कम्पनीको ३६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार नेपाल बैंक र अपर तामाकोशीको क्रमशः २ करोड ७१ लाख र २ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । त्यस्तै, प्रभु बैंकको २ करोड १३ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।
बजारमा ११ समूह कारोबारमा आएका थिए । सो मध्ये होटल समूह सामान्य अंक ०.३५ ले उकालो लागेको छ भने बाँकी समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६४ अंकले घटेको छ ।