युनाइटेड हाइड्रोको आइपीओ निष्काशन हुँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई नियुक्त

<p>काठमाडौँ । युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावर लि.ले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । ग्लोबल आइएमई क्यापिटल लि.लाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । शेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाइड्रोपावर लि. को तर्फबाट कार्यकारी सञ्चालक सुनिलनारायण श्रेष्ठ [&hellip;]</p>

काठमाडौँ । युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावर लि.ले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

ग्लोबल आइएमई क्यापिटल लि.लाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

शेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाइड्रोपावर लि. को तर्फबाट कार्यकारी सञ्चालक सुनिलनारायण श्रेष्ठ र ग्लोबल आइएमई क्यापीटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ७ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भैसकेको छ । साथै यही आव भित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

Share News