काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ७.३८ अंकले घटेको छ । आज ०.६४ प्रतिशतले परिसूचक घट्दा ११३९.७२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६७ कम्पनीका ७ लाख ४६ हजार ९ सय ४६ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा आज २३ करोड ५६ लाख ३६ हजार ८ सय ५९ रुपैयाँको कारोबार छ ।
नेप्से परिसूचक दिन आज सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह ५.८४, ट्रेडिङ समूह ०.१७, होटल होटल समूह १३.९, विकास बैंक समूह २.३८, जलश्रोत समूह १५.५, वित्त समूह ४.१९, निर्जीवन बीमा समूह २७.५४, उत्पादनमूलक समूह २५.४८, अन्य समूह ३.४८, लघुवित्त समूह १०.८३ र जीवन बीमा समूह ४६.९५ अंकले घटेको छ ।
बजार घटेको दिन आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी ग्लोबल आइएमई सम्मुन्नत स्कीमका लगानीकर्ताले सबैभन्दा बढी ४.८१ प्रतिशतले गुमाएका छन् ।
आज अपर तामाकोशी हाइड्रो पावरको सबैभन्दा बढी १ करोड ६२ लाख ४० हजार २ सय ८६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दोश्रोमा नेपाल बैंक लिमिटेडको १ करोड ४५ लाख ८८ हजार ७६ रुपैयाँ र तेश्रोमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड १५ लाख १६ हजार २ सय ७७ रुपैयाँको शेयर कारोबार भएको छ ।
