
काठमाडौं । बिहीबार विभिन्न तीन संस्थाको ३२ लाख १८ हजार १३७ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी र हाम्रो विकास बैंकको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सो मध्ये नयाँ नेपाल लघुवित्त र सिटी एक्स्प्रेस फाइनान्सको हकप्रद र हाम्रो विकास बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो ।
नयाँ नेपाल लघुवित्तको ६ लाख र सिटी एक्स्प्रेसको २५ लाख कित्ता हकप्रद थपिएको छ । त्यस्तै, हाम्रो विकास बैंकको एक लाख १८ हजार १३७ कित्ता बोनस सेयर नेप्सेमा सूचिृकत भएको छ ।