काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले आगामी फागुन २५ गते १५औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन दिउँसो एक बजे जनकपुरधामको मानकि होटलमा बस्दै छ ।
उक्त सभाले संचालक समितिको सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले अनुमोदन गरेपछि विकास बैंकका लगानीकर्ताले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो प्रतिशत अर्थात ८ करोड ६६ लाख रुपैयाँ नगद लाभांश पाउने छन् ।
उक्त सभामा जाने प्रयोजनको लागी फागुन १३ गतेदेखि २५ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।