यूनाइटेड इन्स्योरेन्सले एकाएक किन डाक्यो विशेष साधारणसभा ?

<p>काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आगामी फागुन १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीले संचालक समितिको निर्णयअनुसार पुँजी वृद्धि गर्ने उद्देश्यले उक्त दिन विशेष साधारणसभा डाकेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन ७ र ८ गते दुई दिन बुक क्लोज गर्ने भएको छ । केन्द्रिय कार्यालय थापाथलीमा रहेको कम्पनीको हाल ३० [&hellip;]</p>

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आगामी फागुन १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीले संचालक समितिको निर्णयअनुसार पुँजी वृद्धि गर्ने उद्देश्यले उक्त दिन विशेष साधारणसभा डाकेको हो ।

सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन ७ र ८ गते दुई दिन बुक क्लोज गर्ने भएको छ ।

केन्द्रिय कार्यालय थापाथलीमा रहेको कम्पनीको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ७७७ रुपैयाँ देखि ७९१ रुपैयाँसम्म किनबेच भइरहेको छ ।

Share News