नेप्सेको अनलाईन प्रणाली प्रयोग गर्न नजानेर समस्यामा हुनुहुन्छ ? जान्नुस् यी कुरा

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले गत कात्तिक २० गतेदेखि नेप्से अनलाईन ट्रेडिङ सिस्टम(नट्स)को शुरु गरेको थियो । नेप्सेले आम सर्वसाधारणका लागि अनलाइन ट्रेडिङ प्रणाली खुल्ला गरे पनि उक्त प्रणालीमार्फत् कारोबार गर्न लगानीकर्ताले आधारभूत पूर्वाधार पूरा गर्नुपर्ने हुन्छ । जसमा सर्वसाधारणहरूमा उठेकाे विभिन्न जिज्ञासाहरुलाई नेप्सेले सम्बोधन गरेकाे छ । अनलाइन प्रयोग गर्न युजरनेम र पासवर्ड कहाँ लिने ? नेप्सेको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले गत कात्तिक २० गतेदेखि नेप्से अनलाईन ट्रेडिङ सिस्टम(नट्स)को शुरु गरेको थियो । नेप्सेले आम सर्वसाधारणका लागि अनलाइन ट्रेडिङ प्रणाली खुल्ला गरे पनि उक्त प्रणालीमार्फत् कारोबार गर्न लगानीकर्ताले आधारभूत पूर्वाधार पूरा गर्नुपर्ने हुन्छ । जसमा सर्वसाधारणहरूमा उठेकाे विभिन्न जिज्ञासाहरुलाई नेप्सेले सम्बोधन गरेकाे छ ।

अनलाइन प्रयोग गर्न युजरनेम र पासवर्ड कहाँ लिने ?

नेप्सेको सदस्यता प्राप्त धितोपत्र दलालहरु र उपत्यका बाहिर तिनीहरुका शाखाबाट नट्स प्रयोग गर्नका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न सकिन्छ । धितोपत्र दलालहरुको नाम, ठेगाना र फोन नम्बर नेप्सेको वेबसाइट www.nepalstock.com तथा www.nepalstock.com.np मा उपलब्ध छ ।

नेप्सेले युजरनेम र पासवर्ड अनुमोदन गर्नुपर्छ ?

लगानीकर्ताले सदस्य दलाललाई हितग्राही खाता सम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराई, सदस्य दलालसँग सम्झौता गरेपश्चात युजरनेम र पासवर्ड प्राप्त गर्न सक्छन् । यसको लागि नेप्सेबाट अनुमोदन गराइ राख्नु पर्दैन । सदस्य दलाल आफैले हितग्राही परिचय नम्बर (बीओआईडी नम्बर) लाई कारोबार खातासँग म्यापिङ गर्न सक्छ ।

युजरनेम र पासवर्ड निःशुल्क हो ?

हो, युजरनेम र पासवडका लागि ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन ।

ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) भनेको के हो ?

लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने माध्यम टिएमएस हो । यसका टिएमएसबाट लगानीकर्ताले खरिद तथा बिक्री आदेश प्रविष्ट गराउन सक्छन् । सदस्य दलालले यो माध्यम लगानीकर्ताको मोबाइल तथा ल्यापटपमा उपलब्ध गराउँछन् ।

टिएमएसमा प्रयोगकर्ताको भूमिका के हुन्छ ?

नेप्से अनलाईन ट्रेडिङ सिस्टम रोल बेस्ड कन्टेन्ट म्यानेजमेन्ट प्रणाली भएको हुँदा ब्रोकरको एडमिन यूजरले आफ्नो इन्टर्नल यूजर तथा क्लाइन्टहरुलाई आवश्यकता अनुसार रोल प्रदान गर्न सक्नेछ । यसबाट कुन युजरलाई कस्तो प्रकारको मेन्यु/फङ्सन दिने भन्ने व्यवस्था गर्न सकिन्छ ।

सदस्य दलालले प्रयोगकर्ताको युसीसी बारे कसरी थाहा पाउँछन् ?

क्लाइन्ट/युजर क्रेट गर्दा हरेक स्टेपको जानकारी टिएमएस प्रणालीबाटै प्राप्त गर्न सकिन्छ । हालै मात्र क्लाइन्ट क्रेट
गरेको हो भने न्युज स्ट्याटसमा यूजरलाई देख्न सकिन्छ । यसैगरी यूजर क्लाइन्ट कोड(यूसीसी) प्राप्त भएमा यूजर क्लाइन्ट कोड रिसिभ भन्ने मेन्यु/फङ्सन अन्तर्गत उक्त यूजर देख्न सकिन्छ । यसबाट ब्रोकरहरुले आफ्नो क्लाइन्ट अकाउन्ट/यूसीसी बारे जानकारी लिन सक्छन् ।

टिएमएसमार्फत ब्रोकर तथा प्रयोगकर्ताले के-के गर्न सक्छन् ?

ब्रोकर तथा अनलाइन क्लाइन्टले वाई/सेल राखी कारोबार गर्न सक्छन् । अडरको हरेक अवस्थाको जानकारी अडर बुकमा गई प्राप्त गर्न सकिन्छ । जस्तै अडर म्याच भएको छैन भने ओपन स्ट्याटस, अडर पूर्ण रुपमा म्याच भएमा कम्प्लिटेड, आदेश क्यान्सिल भएमा क्यान्सिल, पार्सल्लि म्याच भएमा पार्सल्लि ट्रेड भनी देख्न सकिन्छ । त्यसैगरी, अडर रिजेक्ट भएमा रिजेक्टेड भन्ने स्ट्याटस देख्न सकिन्छ र यसरी अडर रिजेक्ट वा क्यान्सिल भएको अवस्थामा यसको कारण समेत हेर्न सकिन्छ । अनलाईन लगानीकर्ता तथा ब्रोकरका लागि ट्रेड म्यानेजमेन्ट सिस्टममा आफ्नो पुरानो अडर तथा कारोवार हेर्ने सुविधा छ ।

हितग्राही खाता र कारोबार खातालाई किन आवद्ध गर्नुपर्छ ?

लगानीकर्ताको एउटा हितग्राही खातालाई सदस्य दलालसँग खोलिएको एउटा कारोबार खातासँग आवद्घ गरेपछि मात्र नट्समा कारोबार गर्न सकिन्छ । यसले कारोबार पछिको राफसाफ तथा फछ्र्यौटलाई सहज बनाउँछ ।

एउटा हितग्राही खातालाई एउटै मात्र कारोबार खातामा किन आवद्ध गरिएको हो ?

एउटा हितग्राही खातालाई धेरै सदस्य दलालसँग खोलिएको खातामा आवद्व गर्दा नभएको धितोपत्र बिक्री हुने (सर्ट सेल) जोखिम उच्च हुन्छ । यो जोखिम न्यूनीकरण गर्न र प्रणालीको कार्य सम्पादन गतिलाई बढाउनका लागि गरिएको उपाय हो ।

एउटा हितग्राही खातालाई एउटै मात्र कारोबार खातामा आवद्ध नगरे के हुन्छ ?

एउटा हितग्राही खातालाई एउटै मात्र कारोबार खातामा आवद्ध नगर्दा नभएको सेयर बिक्री हुने जोखिम न्युनीकरण(सर्ट–सेल मिटिगेसन) उपाय पूर्ण रुपमा प्रभावकारी हुदैन । अनलाईन लगानीकर्ताका लागि यूसीसी पनि उपलब्ध हुदैन । यो व्यवस्था नेपालमा मात्र नभई भारत र अन्य मुलुकमा पनि लागू गरिएको छ ।

वेभसाइट र ट्रेड म्यानेजमेन्ट सिस्टममा कारोबारको लाइभ डाटा कसरी देखाउने गरिएको छ ?

लगानीकर्ता तथा ब्रोकरको हातमा हुने ट्रेड म्यानेजमेन्ट सिस्टममा म्याचिङ् इन्जिनबाट सोझै डाटा देखाइन्छ । वेभसाईटमा एप्लिकेसन प्रोग्रामिङ् इन्टरफेस(एपीआई) मार्फत हरेक तिस सेकेण्डमा डाटा अद्यावधिक गरिन्छ । यसरी दुई फरक माध्यमबाट लगानीकर्तामाझ डाटा पुग्ने भएकोले कुनै समय विन्दु (पोइन्ट अफ टाइम) मा फरक देखिन पनि सक्छ ।

अनलाईन कारोबार सुविधा लिएका लगानीकर्ताले अफलाइन कारोबार गर्न सक्छन् कि सक्दैनन् ?

अनलाइन यूजर ब्रोकर मार्फत वा आफैले खरिद बिक्री आदेश प्रविष्टि गरी कारोवार गर्न सक्छन् । लगानीकर्ताले कुनै पनि ब्रोकरमा खाता खोल्दा अफलाइन वा अनलाइन भनी जानकारी गराउनु पर्दछ ।

अनलाइन भुक्तानी/फन्ड ट्रान्सफर कसरी गर्ने ?

ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट, प्रभु र सिद्धार्थ गरी चार वटा क्लियरिङ् नेप्से टिएमएससँग आवद्ध छन् । ट्रेड म्यानेजमेन्ट सिस्टमको माध्यमबाट सम्बन्धित बैंकको ईबैंकिङ् प्रोटलमा गई लगानीकर्ताले ब्रोकरको अकाउन्टमा फण्ड/कोल्याटेरल ट्रान्सफर गरी कारोबार गर्न सक्छन् । यसैगरी कुनै यूजर/क्लाइन्ट आफुले कारोबार नगरेमा उक्त रकम फिर्ताको लागि ब्रोकरलाई रिक्वेष्ट गरी आफ्नो खातामा प्राप्त गर्न सक्छन् ।

कारोबार सीमा भनेको के हो ?

ब्रोकरले हरेक लगानीकर्तालाई आवश्यकता अनुसार कारोबार सीमा(ट्रेडिङ लिमिट) दिई कारोबारको जोखिम न्युनीकरण गरेका हुन्छन् । ब्रोकरले आफ्नो टीएमएसबाट कुन यूजरले कति धितो (कोल्याटेरल) प्रयोग गरेको छ भन्ने जानकारी समेत पाउन सक्छन् ।

कारोबारका लागि किन धितो जम्मा गर्ने ?

कारोबार गर्नको लागि ग्राहकले आफ्नो ब्रोकरसँग धितो जम्मा गर्नुपर्छ । धितो जम्मा गरेको आधारमा ब्रोकरले लगानीकर्तालाई कारोबार सीमा प्रदान गर्छन् ।

मार्केट वाच र मार्केट डेप्थबाट के गर्न सकिन्छ ?

मार्केट वाच/मार्केट डेप्थ तथा वाई/सेल विण्डोमा गई कारोबारको आदेश प्रविष्टि गर्न सकिन्छ । मार्केट डेप्थ विण्डोमा गई त्यहाँ रहेको वाई/सेल बटनमा क्लिक गरी आदेश प्रविष्टि गर्न सकिन्छ । यसले गर्दा आदेश प्रविष्टिका लागि वाई/सेल स्टक मेन्यूमा गई राख्नु पर्दैन ।

ट्रेड म्यानेजमेन्ट सिस्टमको ड्यास बोर्डमा के हुन्छ ?

ब्रोकर तथा अनलाइन यूजरले ट्रेड म्यानेजमेन्ट सिस्टम ड्यासबोर्ड मार्फत कुल कारोबार, आफ्नो कारोबार, धेरै कमाउने/गुमाउने तथा नयाँ/म्यासेज(कर्पोरेट एक्सन) तथा इन्डेक्स ग्राफ देख्न सक्छन् ।

ट्रेड म्यानेजमेन्ट सिस्टम(टीएमएस)मा ग्राफ पनि छ ?

प्राविधिक विश्लेषणका लागि बेसिक/एडभान्स ग्राफ पनि टीएमएसमा उपलब्ध छन् ।

Share News