नेप्सेमा समान्य वृद्धि हुँदा चौतारी लघुवित्त र नविल बैंकको कराेडाैंकाे काराेबार

<p>काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबारको सूचक ०.८४ अंकले बढेर १११३.०७ अंकमा पुगेको छ । समान्य वृद्धि भएको बिहीबारको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र नविल बैंकको एक करोड बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी चौतारी लघुवित्तको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच [&hellip;]</p>

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबारको सूचक ०.८४ अंकले बढेर १११३.०७ अंकमा पुगेको छ ।

समान्य वृद्धि भएको बिहीबारको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र नविल बैंकको एक करोड बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी चौतारी लघुवित्तको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नविल बैंकको एक करोड ३९ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।

यी दुबै संस्थाले आ–आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेकाले लगानीकर्ताहरु यी संस्थाको सेयरमा आकर्षित भएका हुन् । चौतारी लघुवित्तले आफ्नो तेस्रो वार्षिक साधारणभा आगामी चैत १६ गते डाकेको छ । यस संस्था मर्जर वा एक्वीजिसनमा जान र कार्यक्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको बन्ने तयारीमा रहेको छ ।

त्यस्तै, नविल बैंक पनि आगामी फागुन २७ गते आफ्नो ३४औँ वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद(करसहित) गरी ३४ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

बिहीबारको बजारमा कुल १५५ कम्पनीको १६ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Share News