बजारमा एनआईसी एशियासहित ६ कम्पनीको करोडौंको कारोबार, कसको कति ?

<p>काठमाडौं । साताको पहिलो दिनको बजार दोहारो अंकले ओरालो लागेको छ । आइतबारको बजारमा नेप्से परिसूचक १०.७५ अंकले ओरालो लागेर ११०२.३२ अंकमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.९७ प्रतिशतले घटी हो । दोहोरो अंकले घटेको बजारमा पनि ६ वटा कम्पनीको एक करोड बढीको सेयर कारोबार भएको छ । सो दिन एनआईसी एशिया बैंक, [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिनको बजार दोहारो अंकले ओरालो लागेको छ । आइतबारको बजारमा नेप्से परिसूचक १०.७५ अंकले ओरालो लागेर ११०२.३२ अंकमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.९७ प्रतिशतले घटी हो ।

दोहोरो अंकले घटेको बजारमा पनि ६ वटा कम्पनीको एक करोड बढीको सेयर कारोबार भएको छ । सो दिन एनआईसी एशिया बैंक, नबिल बैंक, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी हाइड्रोपावर र नेपाल बैंकको करोडौंको सेयर कारोबार भएको हो ।

यी मध्ये एनआईसी एशियाको सबैभन्दा बढी अर्थात एक करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ रहेको छ ।त्यस्तै नबिल बैंककाे एक कराेड २३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । बैंककाे सेयर मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ रहेको छ ।

समग्रमा आइतबारको बजारमा कुल १६६ कम्पनीको २० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कुल ६३५६ करोबारमा ६ लाख ९८ हजार ५४२ कित्ता सेयर बिक्री भएका छन् ।

त्यस्तै, उत्पादनमूलक समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ६९ अंकले ओरालो लागेको छ । सो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ७.५४ प्रतिशत गुमाएका छन् ।

दोहोरो अंकले ओरालो लागेको बजारमा यूनिलिभर नेपालका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ४.०३ प्रतिशत कमाएका छन् ।

Share News