
काठमाडौं । मंगलबारको बजार झिनो अंकले उकालो लागेको छ । शुरुमा समान्य उतारचढाव भइरहेको नेप्से १२ बजेदेखि तीव्र गतिमा उकालो लागेर ११०४ अंकमा पुगेको थियो । त्यसपछि अर्थात करिब २ बजेपछि परिसूचक ओरालो लागेर अन्तत बजार बन्द हुँदा सामान्य २.०६ अंकले बढेर ११०२ अंकमा पुगेको छ ।
कुल १७४ कम्पनीको २२ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमको आधारमा मात्र नभई संख्याको आधारमा पनि इन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको एकैदिन कुल ४१ हजार ६९५ कित्ता सेयर दुई करोड २६ लाख रुपैयाँमा किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले घेटेको हो ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको क्रमशः एक लाख ८७ हजार र एक २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूहको सूचक हरिया देखिएका छन् । सबैभन्दा बढी उत्पादन मूलक समूहको सूचक २८ अंकले उकालो लागेको छ । ट्रेडिङ र अन्य समूह सामान्य अंकले ओरालो लागेका छन् ।