देशभरका आयोजनाको प्रगति सिंहदरबारबाटै ‘लाइभ’

<p>काठमाडौ । सरकारले देशभर बन्दै गरेका आयोजनालाई सिंहदरबार बाटै हेर्ने गरी संयन्त्र बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले यस्तो योजजा अघि सारेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सोच अनुसार अघि बढेको यो योजना अन्तरगत कुन ठाउँमा के कस्ता आयोजना छन् र तिनको अवस्था के भने भनेर सिंहदरबार बाटै संवाद गर्न मिल्ने [&hellip;]</p>


काठमाडौ । सरकारले देशभर बन्दै गरेका आयोजनालाई सिंहदरबार बाटै हेर्ने गरी संयन्त्र बनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले यस्तो योजजा अघि सारेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सोच अनुसार अघि बढेको यो योजना अन्तरगत कुन ठाउँमा के कस्ता आयोजना छन् र तिनको अवस्था के भने भनेर सिंहदरबार बाटै संवाद गर्न मिल्ने बताइएको छ ।

यसका लागि सरकारले तत्काल समाधान केन्द्र स्थापना गरेको छ । केन्द्रकी शाखा अधिकृत इन्दिरा आचार्यले यो योजना अनुसार प्रत्यक्ष संवाद कक्ष स्थापना र व्यवस्थापन हुँदै गरेको जानकारी दिए–आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Share News