काठमाडौं । हाथवे फाइनान्स लिमिटेड आगामी चैत २६ गते आफ्नो २२औँ वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले हाल कायम रहेको चुक्ता पुँजीको १८० प्रतिशत हकप्रद सेयर दिने प्रस्तावलाई रद्ध गर्ने भएको छ ।
संस्थाले २१औँ वार्षिक साधारणसभाको विशेष प्रस्ताव अनुसार सो मात्रा अर्थात ५४ करोड रुपैयाँ बराबर हकप्रद सेयर जारी लागेको थियो । ग्लोबल आईएमई बैंक लिमिटेडसँग एक्वाएर हुने भएपछि उक्त प्रस्ताव रद्द गर्न लागेको कम्पनीले जनाएको छ ।
उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत १३ गतेदेखि १५ गतेसम्म बुक क्लोज हुने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । संस्थाकाे गत चैत १ गतेदेखि सेयर काराेबार राेक्का भइरहेकाे छ ।
संस्थाको सभा चैत २६ गते बिहान ११ बजे सुन्सरीस्थित धरानको होटल द रत्न इनमा बस्दै छ ।