तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

<p>काठमाडौं । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने तथा गाभिने(मर्ज) भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच आईतबार प्रारम्भिक (एमओयू)मा हस्ताक्षर भएको हो । उक्त गाभिने प्रयोजनको लागि यी दुबै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा साेमबार(चैत ४ गते) देखि सेयर कारोबार रोक्का भएको छ । वित्तीय बजारमा संस्थाको पुँजीगत आधार बलियो बनाउन, [&hellip;]</p>

काठमाडौं । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने तथा गाभिने(मर्ज) भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच आईतबार प्रारम्भिक (एमओयू)मा हस्ताक्षर भएको हो ।

उक्त गाभिने प्रयोजनको लागि यी दुबै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा साेमबार(चैत ४ गते) देखि सेयर कारोबार रोक्का भएको छ ।

वित्तीय बजारमा संस्थाको पुँजीगत आधार बलियो बनाउन, व्यावसाय विस्तार गर्न, भौगोलिक कार्यक्षेत्रको विस्तार गर्न सेयरको बुक भ्यालु वृद्धि गर्न, सेयर बजारको मूल्य वृद्धि गर्न, प्रति व्यक्ति कर्जा लगानी सिमा वृद्धि गर्न र संस्थाको मुनाफामा वृद्धि ल्याइ सक्षम, सवल र स्तरीय बैंकिङ व्यावसाय गर्ने संस्थाको रुपमा स्थापित हुने उद्देश्यले यी दुई संस्था एक आपसमा गाभिन लागेका हुन् ।

Share News