प्यान बारे बोर्डको स्पष्टिकरणः एक पटकमा ५ लाखभन्दा बढी कारोबारमा मात्रै अनिवार्य

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबारमा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने भएको छ । बोर्डले बिहीबार एक विज्ञप्तिमार्फत दोस्रो बजारमा पटक पटक नभई एक पटकमा ५ लाखभन्दा बढी सेयर खरिद बिक्री गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने स्पष्टिकरण दिएको हो । बोर्डले आगामी २०७६ वैशाख १ [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबारमा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने भएको छ । बोर्डले बिहीबार एक विज्ञप्तिमार्फत दोस्रो बजारमा पटक पटक नभई एक पटकमा ५ लाखभन्दा बढी सेयर खरिद बिक्री गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने स्पष्टिकरण दिएको हो ।

बोर्डले आगामी २०७६ वैशाख १ गतेबाट ५ लाखभन्दा बढी कारोबारमा प्यान अनिवार्य र सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरेको थियो । यस बारेमा कतिपय लगानीकर्ताहरुलाई केही दुविधा भएकाले बोर्डले बिहीबार उक्त स्टष्टिकरण दिएको हो ।

अब लगानीकर्ताले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी रुपैयाँको सेयर कारोबार गरे मात्रै प्यान अनिवार्य हुने छ । साथै, उक्त व्यवस्था अनुसार लगानीकर्ताले सेयर खरीद वा बिक्री गर्दा दिनभरीको कारोबार वा पटक पटकको कुल कारोबारमा प्यान ऐच्छिक हुने बोर्डले जनाएको छ ।

Share News