काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानी, जनताको लगानी कार्यक्रममा १० हजार कित्ता सेयर खरिद गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले त्रिशुली–३ बीको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।
ओलीले जनताको जलविद्युत आयोजना अन्तर्गत त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सेयर खरिद गरेका हुन् । उनले आगामी २ वर्षपछि कम्पनीको १० हजार कित्ता सेयर प्राप्त गर्नेछन् । उनले १० हजार कित्ता सेयरका लागि हाल एक लाख रुपैंयाँ भुक्तानी गरेका हुन भने २ वर्षपछि ९ लाख रुपैंयाँ भुक्तानी गर्नुपर्नेछ ।
३७ मेगावाट क्षमताको आयोजनाको एक महिना अघि मात्रै निर्माण आरम्भ भएको थियो ।