काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल ३ करोड ३५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार(आज) मात्र संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ३ लाख ३५ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ ।
माइक्रोफाइनान्सले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर सर्वसाधारणमा बिक्री गर्ने छ ।