काठमाडौं । अब लगानीकर्ताले उपत्यका बाहिरका १४ स्थानबाट लिलामीको सेयर भर्न सक्ने छन् । नेपाल धितोपत्र बोर्डले बिहीबार एक विज्ञप्तिमार्फत ७ वटै प्रदेशका कुल १४ स्थानबाट हकप्रद निष्काशनपछि बिक्री नभएको सेयरको लिलाम प्रक्रियामा आवेदन दिन सक्ने बताएको छ ।
बोर्डले धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन उक्त व्यवस्था गरेको हो । बोर्डले मर्चेन्ट बैंकरहरुलाई उपत्यका बाहिरका देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोबारको अवस्था समेतका आधारमा देहाय अनुसारका स्थानहरुवाट समेत आवेदन दिन सक्ने व्यवस्था गर्न आग्रह गरेको छ ।
