एशियन लाइफ इन्स्योरेन्सले ७५ करोडको हकप्रद बिक्री गर्दै, कहिलेदेखि भर्न पाइन्छ ?

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड ४० लाख ३५ हजार २७३ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ७५ लाख ४० हजार ३५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । इन्स्योरेन्सले चैत २५ गतेदेखि चुक्ता पुँजीको एक बराबर ०.६ को अनुपात अर्थात ६० प्रतिशत हकप्रद [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड ४० लाख ३५ हजार २७३ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ७५ लाख ४० हजार ३५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

इन्स्योरेन्सले चैत २५ गतेदेखि चुक्ता पुँजीको एक बराबर ०.६ को अनुपात अर्थात ६० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । इच्छुक सेयरधनीले २०७६ वैशाख २९ गतेसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले हकप्रद निष्कासनका लागि “केयर एनपि आईपीओ ग्रेड ३” पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसत रहेको देखाउँछ ।

गत माघ २७ गते नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको थियो ।

Share News