अत्याधुनिक सुविधा र मूल्यमा आधारित शिक्षामा काठमाडौं वर्ल्ड स्कूल

<p>काठमाडौं । शिक्षा पाठ्यक्रमको रटान मात्रै होइन, जीवन र व्यवहारको मार्गनिर्देशक हो । तर आजकलको शिक्षा व्यवहार होइन सिद्धान्तमा आधारित हुन्छ जुन बुझ्न विद्यार्थीलाई गाह्रो मात्रै हुँदैन, सैद्धान्तिक ज्ञानलाई व्यबहारसँग जोड्ने क्षमता जोकोहीमा हुँदैन त्यसैले नै कुनै व्यक्ति समाजसँग अलगिन्छ, पछि पर्छ । पूर्वीय दर्शन र मूल्य र मान्यतामा आधारित शिक्षालाई यस्तै पढ्ने र पढाउने [&hellip;]</p>

काठमाडौं । शिक्षा पाठ्यक्रमको रटान मात्रै होइन, जीवन र व्यवहारको मार्गनिर्देशक हो । तर आजकलको शिक्षा व्यवहार होइन सिद्धान्तमा आधारित हुन्छ जुन बुझ्न विद्यार्थीलाई गाह्रो मात्रै हुँदैन, सैद्धान्तिक ज्ञानलाई व्यबहारसँग जोड्ने क्षमता जोकोहीमा हुँदैन त्यसैले नै कुनै व्यक्ति समाजसँग अलगिन्छ, पछि पर्छ ।

पूर्वीय दर्शन र मूल्य र मान्यतामा आधारित शिक्षालाई यस्तै पढ्ने र पढाउने प्रक्रियाका रुपमा लिइयो तर यसलाई व्यवहारमा कहिल्यै उतारिएन । बेदमा उल्लेखित वाक्यबाट न्यूटनले गुरुत्वाकर्षण र पृथ्वीको भूगोलबारे पत्ता लगाउँदा हामीले हामीले त्यसका श्लोकहरु मात्रै पढिरह्यौं । वास्तवमा पूर्वीय सभ्यता र दर्शनको आयाम फराकिलो थियो, छ र रहनेछ पनि । तर यीनै पक्षहरुलाई जोड्ने प्रणाली कमजोर हुँदा हामी पछाडि पर्यौं । अहिले हाम्रो सम्भतालाई चाहिएको विषय पनि त्यही हो ।

त्यही मान्यता अहिले नेपालमा स्थापित भएको छ । त्यसैले नेपालमा पनि विगत, वर्तमान र भविष्यलाई जोड्नसक्ने बहुआयामिक शिक्षाप्रणालीको विकास सुरु भएको छ, यसलाई होलिष्टक विकासको रुपमा समेत परिभाषित गरिन्छ । मूल्य, मान्यता र व्यवहारमा आधारित शिक्षण प्रणालीको सुरुवात गर्ने एउटा विद्यालय हो काठमाडौं वल्र्ड स्कुल । उक्त विद्यालयमा विश्वस्तरको सुविधा र र पौराणिक दर्शनमा आधारित शिक्षा पाइन्छ, त्यस्तो सुविधा पाइने विद्यालयहरु नेपालमा विरलै मात्र छन् । यस विद्यालयले त्यस्तै शिक्षण प्रणालीमार्फत् विद्यार्थी र अभिभावकको मन जित्दै पहिलो शैक्षिक सत्र सफलतापूर्वक सम्पन्न गरेको छ ।

भौतिक सुविधा सम्पन्न काठमाडौं वर्ल्ड स्कूल

चौधरी ग्रुपको २७५ करोड लगानीमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुमा करिब ४६ रोपनी क्षेत्रफल स्थापना गरिएको काठमाडौं वल्र्ड स्कुल आधारभूत सुविधाभित्रको उत्कृष्ठता र अतिरिक्त सुविधामा व्यापकता रहेको विद्यालय हो । शान्त वातावरण सुविधा सम्पन्न शिक्षण वातावरण, अनुभवि शिक्षक, तल्लो र उपल्लो तहका लागि छुट्टाछुट्टै लाइब्रेरीको व्यवस्था, अत्याधुनिक कम्युटर सहितको कम्युटर ल्याब, अत्याधुनिक प्रविधिसहितको साइन्स ल्याब, अनुभवी सेफ सहितको क्यानटिन, उपत्यकाभर कभरेज गर्ने यातायात सुविधा र दिवा आवासीय व्यवस्था लगायतका सुविधाहरु छन् ।

त्यतिमात्रै विद्यालयमा आफ्नै नभएर स्विमिङ पुल, नृत्य, संगीत, मार्सल आर्ट, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मल्टिप्रोपोज कोर्ट, फुटसल लगायतका अतिरिक्त क्रियाकलापका लागि भौतिक सुविधा समेत उपलब्ध रहेको विद्यालयले जनाएको छ । हाल १३९० जना विद्यार्थी क्षमता भएको विद्यालयमा ४०० विद्यार्थीका लागि पूर्ण आवासीय व्यवस्था समेत रहेको विद्यालयले जनाएको छ ।
पाठ्यक्रम र शिक्षण प्रणाली

पहिलो वर्ष आधारभूत तहमा कक्षा १ देखि ५ सम्म र माध्यामिक तहमा कक्षा ११ सम्म अध्यापन गराएको उक्त्र विद्यालयले अब भने कक्षा ८ सम्म अध्यापन सुरु गर्ने भएको छ । त्यस्तै माध्यामिक तहमा कक्षा ११ र १२ को पठनपाठन सुरु गर्न लागिएको विद्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र घिसिङले जानकारी दिए । पहिलो वर्षमा अभिभावक र विद्यार्थीलाई पूर्ण रुपमा सन्तुष्ट पार्न सफल रहेको दाबी गर्दै आएको विद्यालयले हाल २५८ जना रहेको विद्यार्थी संख्या अबको वर्ष ६०० सम्म पुग्नसक्ने प्रक्षेपण गरेको छ ।

विद्यालयको सवल पक्ष

भौतिक सुविधा, मूल्यमा आधारित शिक्षा, अनुभवजन्य सिकाई, सामाजिक सेवाबारे सिकाई, अभिभावकीय सहभागिताका सहितको शिक्षा, लक्ष्य र पेशागत विकासमा उत्कृष्ठता र अनुभवसहितको नेतृत्व विकासलाई नै विद्यालयले आफ्नो प्रमुख सवल रुपमा लिएको छ ।
विद्यालयले शिक्षण पद्दतीमा होलिस्टिक डेभलपमेन्टको विधिलाई भित्र्याएको छ, यो विधि समग्र अध्ययनको त्यस्तो व्यवहारिक सिकाई प्रणाली हो जसले भौतिक, सामाजिक भावनात्मक तथा आध्यात्मिक विकासको माध्यमद्वारा सिकाउने काम गर्छ जुन सिक्न मात्रै नभई व्यबहारमा लागु गर्न सिकाउने किसिमको शिक्षा प्रणाली हो ।

त्यस्तै, विद्यालयले मूल्यमा आधारित शिक्षा प्रणाली लागु गर्दै व्यक्तिवाद र मस्तिस्क स्वतन्त्रतामार्फत् पूर्वीय मूल्य र मान्यताहरुलाई स्थापित गर्ने प्रयास समेत गर्ने लक्ष्य लिएको छ । यसले समाजमा घुलमिल हुने, आफ्नो भूमिकाबारे बुझ्ने र समाजका सदस्यहरुसँग गर्ने व्यवहारबारे व्यवहारिक सिकाई गराउँछ ।

कामको अनुभवबाट व्यवहारिक सिकाईमा सहयोग गर्ने, सहभागितामूलक ज्ञान आदानप्रदान गर्ने, त्यसैको माध्यमद्वारा प्रश्न र प्रसंगहरु उठान, त्यसको खोज, समाधान गर्न सिकाउँदै उच्च तहको शिक्षाका लागि विद्यार्थीलाई पहिले नै तयार गर्न समेत विद्यालय सक्षम रहेको दाबी गरिएको छ ।

त्यसका लागि अनुभवी शिक्षण सदस्यहरु र अभिभावक समेतको सहभागितामा त्यस्ता सिकाई विधि प्रयोगमा ल्याएको जनाएको छ । जसका लागि शिक्षकहरुले नियमति रुपमा अभिभावकलाई इमेलमार्फत् विद्यार्थीको फिडब्याक पठाउने, नियमित रुपमा शिक्षक र अभिभावक छलफल गर्ने र शिक्षक अभिभावक संघमार्फत् विद्यालयको सिकाईको दायरा फराकिलो बनाउने काम गर्न सक्षम रहेको बताइएको छ । त्यस्तै व्यवस्थापकीय नेतृत्वलाई कुशलता र सक्षमतालाई पनि विद्यालयले आफ्नो सबल पक्षको रुपमा व्याख्या गरेको छ ।

लक्षित वर्ग र शुल्क संरचना

विद्यालय पूर्ण रुपमा सुविधासम्पन्न हुँदैगर्दा विद्यालय धेरै महँगो होलाजस्तो लागे पनि त्यसो नभएको विद्यालयले जनाएको छ । यद्यपि विद्यालयको लक्षित वर्ग मध्यम र उच्च आय भएका व्यक्तिहरुका छोराछोरी नै रहेको काठमाडौं वल्र्ड स्कुलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार घिसिङ बताउँछन् । ‘हाम्रो गुणस्तर र सुविधाका आधारमा हाम्रो लक्षित वर्ग न्यून आय भएका परिवार नभए पनि हामी शुल्कमा महँगो छैनौं, यो स्तरका गुणस्तर भएका विद्यालयहरुमध्ये हामी तुलनात्मक रुपमा सस्तो नै छौं ’ –घिसिङले विकासन्यूजसँग भने ।

Share News