घातक रोगको उपचारका लागि सिटिजन लाइफले गर्यो ५ लाख भुक्तानी

<p>काठमाडौं । सिटिजन लाइफइन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी वापत रु ५ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले हृदयघात भएको कारण बुटवलका हरिसिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो । कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका ठकुरीलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफइन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी वापत रु ५ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले हृदयघात भएको कारण बुटवलका हरिसिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो ।

कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका ठकुरीलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको थियो ।

सिटिजन लाइफको तर्फबाट कम्पनीका सीओओ दशरथमणि खड्काले हरिसिंह ठकुरीलाई सो चेक प्रदान गरे । हृदयघात भएका ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा बिना कुनै झन्झट तथा बिना कुनै बिल सहज, सरल एवम् छिटो दाबी गरिएको थियो ।

Share News