त्रिशुली जलविद्युतको आईपीओमा १७ गुणा बढी आवेदन, कति जनाले भरे सेयर ?

<p>काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले चैत ७ गतेदेखि निष्काशन गरेको आइपीओमा करिब १७ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ताका लागि आवेदन परेको छ । जुन माग भन्दा १७.९० गुणा बढी हो । कम्पनीले एक [&hellip;]</p>

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले चैत ७ गतेदेखि निष्काशन गरेको आइपीओमा करिब १७ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ताका लागि आवेदन परेको छ । जुन माग भन्दा १७.९० गुणा बढी हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३७ लाख ५ हजार कित्ता सेयर माग गरेको थियो ।

बिक्री प्रबन्धकका अनुसार सोमबार साँझ पाँच बजेसम्म एक लाख ५५ हजार ४७४ जनाले ६६ करोड ३३ लाख ६३ हजार २०० रुपैयाँ बराबरको सेयर माग गरेका छन् । कम्पनीले चैत ७ गतेदेखि ३७ करोड ५ लाख रुपैयाँ बराबरको सेयरको बिक्री खुला गरेको थियो ।

माग भन्दा बढी आवेदन परेकाले कम्पनीले सोमबार नै सेयर बिक्री गर्न बन्द गरेको क्यापिटलले जनाएको छ ।
कम्पनीले जारी गरेको उक्त आईपीओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो ।

Share News