उपसचिव राम विचारी ठाकुरको नेतृत्वमा डेढ करोड घोटला

<p>काठमाडौं । उपसचिव राम विडारी ठाकुरको नेतृत्वमा डेढ करोड घोटला भएको खुलासा भएको छ । जिल्ला वन कार्यालय, डोल्पामा कार्यरत ३ जना कर्मचारीहरुको मिलेमतोमा ठुलो रकम हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको छ । उपसचिव ठाकुर सहित कर्मचारीहरु रुद्र बहादुर बुढा र भिम बहादुर बुढा र जडीबुटीका ठेकेदारहरुसँग मिली मोटो रकम लेनदेन गरी [&hellip;]</p>

काठमाडौं । उपसचिव राम विडारी ठाकुरको नेतृत्वमा डेढ करोड घोटला भएको खुलासा भएको छ । जिल्ला वन कार्यालय, डोल्पामा कार्यरत ३ जना कर्मचारीहरुको मिलेमतोमा ठुलो रकम हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको छ ।

उपसचिव ठाकुर सहित कर्मचारीहरु रुद्र बहादुर बुढा र भिम बहादुर बुढा र जडीबुटीका ठेकेदारहरुसँग मिली मोटो रकम लेनदेन गरी निजी हकभोगको जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार गरी रकम हिनामिना गरेको आयोगले दाबी गरेको छ ।

तीनै जना विरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा १ करोड ४८ लाख विगो दाबी सहित मुद्दा दायर गरेको छ ।

 

Share News