बैंकहरुको कार्यशैलीप्रति व्यवसायीको आपत्ति

<p>काठमाडौं । उद्योग वाणिज्य संघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले एउटै सेवामा बैंकहरुले फरक फरक शुल्क लिने गरेकोमा आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यसतो कुरा बताएका हुन् । सोही कार्यक्रममा बोल्दै उनले काठमाडौंका साना व्यापारीहरुलाई अनुगमनको नाममा प्रशासनले दुःख दिइरहेको बर्ता । [&hellip;]</p>


काठमाडौं । उद्योग वाणिज्य संघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले एउटै सेवामा बैंकहरुले फरक फरक शुल्क लिने गरेकोमा आपत्ति जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यसतो कुरा बताएका हुन् । सोही कार्यक्रममा बोल्दै उनले काठमाडौंका साना व्यापारीहरुलाई अनुगमनको नाममा प्रशासनले दुःख दिइरहेको बर्ता ।

उनले भने-एउटा रोटी पसलले गुणस्तरका लागि के के गर्ने भनेर ऐन छैन, तर अनुगमन टोलीले त्यही रोटी पसलमा आएर दुःख दिन्छ ।

सो अन्तरक्रियाका कार्यक्रममा काठमाडौँका व्यवसायीहरुले घर बहाल सम्बन्धी ऐन नभएको कारण दुःख भोग्नु परेको भन्दै सरकारसँग घर बहाल ऐनको पनि माग गरे ।

Share News