काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । संस्थाले १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डको अनुमति मागेको हो ।
माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले १० लाख १० हजार ८८० कित्ता हकप्रद जारी गर्ने प्रकृया अघि बढाएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर पछि संस्थाको चुक्ता पुँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्ने छ । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार १२८ रुपैयाँ रहेको छ ।