हेलिकोप्टरको सिट हटाउने निर्णय उल्ट्याउने प्रयास

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन् । गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले उक्त संख्यामा यात्रु बोक्नु पनि दुर्घटनाको कारण [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन् ।

गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले उक्त संख्यामा यात्रु बोक्नु पनि दुर्घटनाको कारण हुन सक्ने भन्दै एउटा सिट हटाउने निर्णय गरेको थियो । हेलिकोप्टर सोसाइटीका प्रतिनिधिसहितको बैठकले गरको उक्त निर्णयको व्यवसायीले स्वागत गर्दै सिट हटाएका थिए । निर्णयअनुसार नेपालमा रहेका पाइलटबाहेक ६ सिट भएका एएस ३५० बी३ई (एच १२५) हेलिकोप्टरबाट एउटा सिट घटाएर पाँच बनाइयो । त्यस्ता हेलिकोप्टर हेली एभरेस्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, फिस्टेल, श्री, कैलाश र अल्टिच्युट एयरसँग गरी नौवटा छन् ।

अहिले आएर हेलिकोप्टर व्यवसायीले सिट यथावत् राख्नुपर्ने भन्न थालेका छन् । चैत ८ गते हेलिकोप्टर व्यवसायीको संगठन हेलिकोप्टर सोसाइटीको बैठकले यात्रु सिट संख्या ६ वटै कायम गराउन उक्त निर्णय उल्टाउने तयारी गरेको छ । ती सिट हटाएपछि व्यवसायमा असर परेको उनीहरुको भनाइ छ । व्यवसायीका अनुसार प्राधिकरणले अजेन्डा नदिई छलफलमा बोलाएर सिट हटाउने निर्णय गरेको थियो । सोही निर्णयमा केही नसोची सहमति जनाएर कार्यान्वयन गर्दा व्यवसायमा असर परेको व्यवसायीको भनाइ छ। छलफलमा सीधै अजेन्डा ल्याउँदा व्यवसायीले पनि सहमति जनाएर कार्यान्वयन गरेका थियौं,’ मनाङ एयरका राजु न्यौपानेले भने, अहिले त्यो निर्णय हितमा देखिएन ।’

उनका अनुसार निर्माता र निर्माता कम्पनी रहेको देश फ्रान्सको प्राधिकरणले समेत ६ यात्रु सिट स्वीकृत गरेको अवस्थामा प्राधिकरणले रोक्नु उचित होइन । उत्पादन कम्पनीले अगाडिको भागमा एक सय ५० किलोभन्दा बढी वजन राख्न नहुने व्यवस्था गरेको छ । त्यसैले सिट कायम गरेर एक सय ५० भन्दा कम वजनका दुई यात्रु राख्दा फरक नपर्ने उनले बताए। ुअगाडिको भागमा एक सय ५० केजीभन्दा बढी वजन राखेमा त्यो कानुनविपरीत भयो, प्राधिकरणले त्यसलाई निगरानी गर्नुपर्‍यो,’ उनले भने, ‘त्यही निगरानी गर्न नसकेर प्राधिकरणले सिट हटाउने निर्णय गरेको हो।’

सिट हटाउँदा हेलिकोप्टर चढ्ने यात्रुलाई महँगो पर्छ । पहिला हेलिकोप्टर चढ्दा ६ जनाले भाग लगाउँथे भने अहिले पाँचजनाले भाग लगाउनुपर्ने बाध्यता रहेको न्यौपानेले बताए । उक्त निर्णयलाई सोही प्रकारका हेलिकोप्टर उडाउने पाइलटले समेत स्वागत गरिसकेका छन् । प्राधिकरणको फ्लाइट सेफ्टी डिर्पाटमेन्टमा विभिन्न कम्पनीका २७ हेलिकोप्टर पाइलटले लिखित रुपमा हस्ताक्षर गरेर बुझाएको पत्रमा सुरक्षाको हिसाबले पनि पाँच सिट कायम हुनुपर्ने आशय छ। न्यौपाने भने दुईजना यात्रु अगाडि राखेर उडाउन नसक्ने पाइलटले मात्रै स्वागत गरेको दाबी गर्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

Share News