सप्तकोशी डेभलपमेन्ट बैंकले एकाएक किन बोलायो विशेष साधारणसभा ?

<p>काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आगामी चैत २७ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे बिराटनगरको उद्योग संगठन मोरङमा उक्त सभा बोलाएको हो । यस विकास बैंकले कोबेली विकास बैंकसँग मर्जमा जाने प्रस्ताव सहित सो दिन विशेष साधारणसभा डाकेको हो । साथै, उक्त दुई विकास बैंक एक आपसमा गाभिने [&hellip;]</p>

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आगामी चैत २७ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे बिराटनगरको उद्योग संगठन मोरङमा उक्त सभा बोलाएको हो ।

यस विकास बैंकले कोबेली विकास बैंकसँग मर्जमा जाने प्रस्ताव सहित सो दिन विशेष साधारणसभा डाकेको हो ।

साथै, उक्त दुई विकास बैंक एक आपसमा गाभिने प्रयोजनका लागि नेप्सेमा माघ ४ गतेदेखि बुक क्लोज रहेको छ । दुई संस्थाबीच एकीकृत कारोबार नभएसम्मका लागि यस विकास बैंकको बुक क्लोज रहने संस्थाले जनाएको छ ।

हाल सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, काबेली विकास बैंकका चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

Share News