सेयर बजार सामान्य अंकले बढ्यो, माइक्रोफाइनान्स बाहेक सबै समूह हरिया

<p>काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सो दिनको नेप्से परिसूचक २.०७ अंकले बढेर ११४०.७२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशत बढी हो । सोमबारको नेप्से पनि सामान्य अंकले उकालो लागेको थियो । बजारमा कुल १७१ कम्पनीको २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सो दिनको नेप्से परिसूचक २.०७ अंकले बढेर ११४०.७२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशत बढी हो । सोमबारको नेप्से पनि सामान्य अंकले उकालो लागेको थियो ।

बजारमा कुल १७१ कम्पनीको २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको प्रमोटर सेयर कारोबार भएको छ । बैंकको एकैदिन एक करोड ५८ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १२० रुपैयाँ रहेको छ । त्यस्तै, एनएमबि बैंकको ९६ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ ।

सो दिन माइक्रोफाइनान्स बाहेक कारोबारमा आएका सबै समूह हरिया भएका छन् । मंगलबार १० वटा समूह कारोबारमा आएका थिए । जसमध्ये निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः २४ र ११ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । माइक्रोफाइनान्स समूह ५.१२ अंकले ओरालो लागको छ ।

मंगलबार कारोबारमा आएका १० समूह

Share News