
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धर पुनः निर्वाचित भएका छन् । सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
कर्पोरेशनको ५२ औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको थियो । सञ्चालक मध्येबाट मानन्धर अध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरी सञ्चालकहरुमा कीर्तिकुमार जोशी, कल्याणगोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन चयन भएको कर्पोरेशनले जनाएको छ । नवनिर्वाचित सञ्चालकहरुको पदावधि ४ वर्षको हुनेछ ।