ओम र महालक्ष्मीबीच बीमा सेवा सम्बन्धी सम्झौता

<p>काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न छ । सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लि.ले देशभर रहेका ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ [&hellip;]</p>


काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न छ ।
सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लि.ले देशभर रहेका ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशको २३ स्थानमाकारोबार सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।

सम्झौतामा ओम डेभलपमेन्ट बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

Share News