त्रिशुलीको आईपीओ बिहीबार बाँडफाँड हुने

<p>काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओको बिहीबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओको भोलि दिँउसो एक बजे सिंहदरबारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको सभा हलमा बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन “अनन्त”को उपस्थितिमा आईपीओ बाँडफाँड हुने भएको [&hellip;]</p>

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओको बिहीबार बाँडफाँड हुने भएको छ ।

उक्त आईपीओको भोलि दिँउसो एक बजे सिंहदरबारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको सभा हलमा बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन “अनन्त”को उपस्थितिमा आईपीओ बाँडफाँड हुने भएको छ ।

कम्पनीले चैत ७ गतेदेखि चैत ११ गतेसम्म निष्काशन गरेको आईपीओमा १८ गुणा बढी आवेदन परेको थियो । उक्त आईपीओमा कुल एक लाख ५४ हजार ६२४ जनाले आवेदन दिएका थिए ।

उक्त आईपीओमा कुल ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ बराबरको ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ता सेयरको माग परेको थियो ।

कम्पनीले जारी गरेको उक्त आईपीओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो ।

Share News