बिहीबारको बजार समान्य अंकले बढ्याे, शिवम् सिमेन्टको बढी कारोबार

<p>काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । सिमेन्टको एकैदिन २ करोड ६२ लाख ८४ हजार ८१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ७ रुपैयाँले [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।

सिमेन्टको एकैदिन २ करोड ६२ लाख ८४ हजार ८१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ७ रुपैयाँले घटी हो । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको थियो ।

त्यस्तै, प्रभु बैंकको एक करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६८ कम्पनीको २४ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समग्रमा बिहिबारकाे नेप्से परिसूचक २.०१ अंकले बढेर ११४४.५३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशत बढी हो ।

बजारमा सबैभन्दा बढी कमाउनेमा सिभिल लघुवित्त रहेका छन् । जसको सेयर मूल्य ५.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँ रहेको छ ।

Share News