काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्तालाई स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्न/गराउन दलाल व्यवसायी(ब्रोकर)लाई निर्देशन दिएको छ । नेप्सेले बिहीबार एक विज्ञप्तिमार्फत अनलाईन लगइन युजर्स लिएका तर प्यान नम्बर पेश नगरेका ग्राहकलाई एकपटकमा ५ लाख रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्न प्यान नम्बर पेश गर्न गराउन ब्रोकरहरुलाई निर्देशन दिएको हो ।
नेप्सेले यसअघि नै २०७६ वैशाख १ गतेदेखि दोस्रो बजार मार्फत सेयर कारोबार गर्दा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्न र सो भन्दा कम लगानी गर्ने साना लगानीकर्ताले ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार आवश्यक काम गर्न गराउन ब्रोकरलाई निर्देशन दिएको हो ।
