काठमाडौं । यस साता मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुल एक करोड ४४ लाख ३९ हजार ५१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । गत आइतबारदेखि शुक्रबार सम्ममा विभिन्न तीन कम्पनीको सो मात्राको बोनस सूचिकृत भएको हो ।
सो अवधिमा सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर थपिएको हो । सबैभन्दा बढी बैंक अफ काठमाण्डूको कूल ९९ लाख २ हजार ५४ कित्ता बोनस थपिएको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको ४२ करोड ३२ लाख १९२ कित्ता र नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हजार २७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।