नबिल बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै, व्यवस्थापन गर्न लक्ष्मी क्यापिटलसँग संझौता

<p>काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ । उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको(२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको [&hellip;]</p>


काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ ।

उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको(२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ ।

सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

Share News