ज्योति विकास र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

<p>काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले अजोड [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ ।

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

Share News