माछापुच्छ्रे बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

<p>काठमाडौँ । माछापुच्छ्रे बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माछापुच्छ्रे बैंक लि.ले देश भर रहेका आफ्ना [&hellip;]</p>


काठमाडौँ । माछापुच्छ्रे बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंक लि.ले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।

Share News