१७.१६ अंकले बढ्यो नेप्से, एनआईसी एशियाका लगानीकर्तालाई सबैभन्दा बढी नाफा

<p>काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक १७.१६ अंकले बढेको छ । १.४७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८२.३६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६८ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ८७ हजार ३ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपैयाँको [&hellip;]</p>


काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक १७.१६ अंकले बढेको छ । १.४७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८२.३६ बिन्दुमा पुगेको हो ।

आईतबार सेयर बजारमा १६८ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ८७ हजार ३ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ५ समूह हरिया भए भने बाँकी राताम्मे भएका छन् ।

बैंक समूह २८.१९, होटल समूह १३, विकास बैंक समूह १४.९९, वित्त समूह १.७८, जीवन बीमा समूह ०.१२, अंकले बढेका छन् ।

यता, जलविद्युत समूह २.७५, निर्जीवन बीमा समूह १९.२१, उत्पादन मूलक ५.८२ र लघुवित्त समूह ०.९५ अंकले घटेका छन् ।

एनआईसी एशिया बैंकका लगानीकर्ताले ६.३६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, यूनिर्भसल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Share News