९.५ प्रतिशत लाभांश वितरण गर्ने कामना सेवा विकास बैंकको घोषणा

<p>काठमाडौँ । कामना सेवा विकास बैंकले ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । बैंकले चुक्तापूँजीको ८ प्रतिशत अर्थात २० करोड २ लाख नगद लाभांश र १.५० प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो । सञ्चालक समितिको [&hellip;]</p>

काठमाडौँ । कामना सेवा विकास बैंकले ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । बैंकले चुक्तापूँजीको ८ प्रतिशत अर्थात २० करोड २ लाख नगद लाभांश र १.५० प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो ।

सञ्चालक समितिको बैंठकबाट पारित भएको लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने र स्वीकृति पछि साधारण सभाबाट पारित भएपछि वितरण गर्ने जनाइएको छ ।

बैंकको हालको चुक्तापूँजी २ अर्ब ५० करोड रहेको छ भने बोनस शेयर पछि चुक्तापूँजी २ अर्ब ५४ करोड पुग्ने कम्पनी सचिव हरिप्रसाद लम्सालले जनाएका छन् ।

Share News