बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक

None

काठमाडौँ । बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक भएको छ ।

पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बजारमा ल्याएका छन् ।

राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ सार्वजनिक गरिएको हो ।

गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ ।

हेर्नुहोस् भिडियो :

Share News