
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड बीच बीमा सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।
यसबाट बैंककाग्राहकहरु लाभान्वितहुनुका साथै छिटो, छरितो र सहज रुपमाबीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्ने विश्वास बैंकले लिएको छ ।