रसुवागढी हाइड्रोपावरको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

<p>काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिन १७ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँढे २ बजेसम्म २६ हजार आवेदकबाट १७ लाख कित्ता आवेदन परेको हो । रसुवागढीले वैशाख ६ देखि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयरको बिक्री खुला गरेको छ । [&hellip;]</p>

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिन १७ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँढे २ बजेसम्म २६ हजार आवेदकबाट १७ लाख कित्ता आवेदन परेको हो ।

रसुवागढीले वैशाख ६ देखि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयरको बिक्री खुला गरेको छ । यो आईपीओ छिटोमा आगामी मंगलबार अर्थात वैशाख १० गते बैंकिङ समय पश्चात बन्द हुनेछ ।

रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश भएको यो आयोजनामा न्युनतम १० देखि ५००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिरहेको छ भने बाँकी ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १५७ कित्ता म्युचुअल फण्डलाई छुट्याइएको छ ।

Share News