काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी वैशाख १८ गते बुक क्लोज हुने भएको छ । माइक्रोफाइनान्सले विशेष साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।
संस्थाको विशेष साधारणसभा आगामी वैशाख २६ गते दिउँसो एक बजे बनेपास्थित आफ्नो केन्द्रीय कार्यालयमा बस्दै छ ।
सभामा संस्थाले अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।