शिवम् सिमेन्ट्सको १५ प्रतिशत नगद लाभांश पारित

<p>काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको प्रस्तावित १५ प्रतिशत नगद लाभांश पारित भएको छ । सोमबार(वैशाख ९ गते) सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई कर बाहेक सो मात्राको नगद लाभांंश दिने प्रस्ताव पारित गरेको हो । कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको करिव २ महिनाभित्रै सर्वसाधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी सो मात्रा अर्थात ६९ करोड [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको प्रस्तावित १५ प्रतिशत नगद लाभांश पारित भएको छ । सोमबार(वैशाख ९ गते) सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई कर बाहेक सो मात्राको नगद लाभांंश दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको करिव २ महिनाभित्रै सर्वसाधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी सो मात्रा अर्थात ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांश रकम बाँडफाँड गर्न लागेको हो ।

पव्लिक कम्पनीमा परिणत भईसके पछिको तेस्रो वािर्षक साधारण सभा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतमा सम्पन्न भएको हो ।

Share News