काठमाडौं । मंगलबार सिभिल बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता १५५.१० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८३.५५ रुपैयाँ तोकिएको छ ।
मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । मंगलबार १२ बजेसम्म कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १५७ रुपैयाँ पुगेको छ ।