युनियन हाईड्रोको आईपीओ भर्नुभयो ? छिटो गर्नुस् अब मात्र तीन दिन बाँकी

<p>काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको साधारण सेयर(आईपीओ) भर्ने समय अब मात्र तीन दिन बाँकी रहेको छ । कम्पनीले २०७५ साल चैत १३ गतेदेखि निष्काशन गरेको आईपीओको बिक्री आगामी २०७६ वैशाख १२ गते बन्द हुँदै छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३५ लाख ३४ हजार ३४० कित्ता साधारण सेयरहरु बिक्री गरेको थियो । सो मध्ये [&hellip;]</p>

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको साधारण सेयर(आईपीओ) भर्ने समय अब मात्र तीन दिन बाँकी रहेको छ । कम्पनीले २०७५ साल चैत १३ गतेदेखि निष्काशन गरेको आईपीओको बिक्री आगामी २०७६ वैशाख १२ गते बन्द हुँदै छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३५ लाख ३४ हजार ३४० कित्ता साधारण सेयरहरु बिक्री गरेको थियो । सो मध्ये कर्मचारीहरुलाई २ प्रतिशत अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरेको थियो भने बाँकी रहेको ३४ लाख ६३ हजार ६५४ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो ।

चैत १३ गतेदेखि बिक्री खुला भएको उक्त आइपीओमा छिटोमा चैत १७ गते बन्द हुनुपर्ने थियो । तर माग अनुसारको आवेदन नपरेपछि कम्पनीले बिक्रीको म्याद थपेर ढिलोमा बैशाख १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था लागू गरेको हो ।

आईपीओ भर्न इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ । जसले कम्पनीको अवस्था कमजोर छ भन्ने बुझाउँछ ।

Share News